सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ३० मंसिर २०८२ / Monday, 15 December 2025

किवानीस इन्टरनेशनलका उपाध्यक्षमा मोहन लम्सालको उम्मेदवारी

प्रकाशित समय: शुक्रवार, ०१ : ४७ बजे मंसिर २७ गते



किवानीस इन्टरनेशनलका उपाध्यक्षमा मोहन लम्सालको उम्मेदवारी

काठमाडौं — विश्वभर ८५ भन्दा बढी देशमा विस्तार भई करिब ६ लाख ५० हजार सदस्यमार्फत बाल–केन्द्रित सेवा कार्य सञ्चालन गर्दै आएको किवानीस इन्टरनेशनलका वरिष्ठ नेता मोहन लम्सालले संस्थाको उपाध्यक्ष (Vice President) पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। किवानीसले विश्वका समुदायहरूमा बाल स्वास्थ्य, शिक्षा, पोषण, खानेपानी, सुरक्षात्मक सामग्री वितरणदेखि लिएर आपतकालीन राहतसम्मका परियोजना सञ्चालन गर्दै आएको छ। यसबारे जानकारी किवानीस क्लब अफ कृति काठमाडौंका अध्यक्ष बद्री सिग्देलले दिनुभएको हो।

 

उम्मेदवारी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै लम्सालले “Together for Children – Growing Kiwanis for a Brighter Tomorrow” भन्ने आफ्नो दृष्टि प्रस्तुत गरे। उनले सेवा कार्यलाई विश्वव्यापी रूपमा विस्तार गर्दै किवानीसलाई आधुनिक, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार विश्वका क्लबहरूको क्षमता वृद्धि, महिलाहरूको नेतृत्व सहभागीता, युवा सदस्य विस्तार, र प्रविधिमा आधारित काम गर्ने प्रणाली विकास किवानीसको आगामी सफलताका आधार बन्नेछन्।

 

लम्सालले नेपाल किवानीसको सम्भावनाबारे उल्लेख गर्दै अन्तर्राष्ट्रिय अनुदान (Global Grants) तथा Matching Grants मार्फत नेपालमा शिक्षा, MHM, बाल स्वास्थ्य, पोषण, तथा आपतकालीन राहत परियोजनाहरूलाई थप प्रभावकारी बनाइने बताए। उनका अनुसार नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन र नेतृत्व तालिम आयोजना गर्न सकिने सम्भावनाले पर्यटन, स्थानीय अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय पहिचानमा समेत सकारात्मक प्रभाव पार्नेछ।

 

मोहन लम्सालको उम्मेदवारीको अन्तिम प्रस्तुति आगामी जुन २४ देखि २७, २०२५ मा फिलिपिन्सको मनीलामा आयोजना हुने किवानीस इन्टरनेशनल सम्मेलनमा हुने छ। उनले किवानीसको एकता, सेवा–प्रतिबद्धता र बाल–केन्द्रित मान्यतालाई विश्वभर अझ सुदृढ बनाउँदै उज्ज्वल भविष्य सिर्जना गर्ने विश्वास व्यक्त गरे।