रौतहट,नेपाल च्याउ उत्पादक किसान सङ्घका अध्यक्ष सन्तोष कार्कीसहित केन्द्रीय पदाधिकारीहरूलाई नेपाल प्रहरीले रौतहटको चपुरमा हातपात गर्दै नियन्त्रणमा लिएको छ। च्याउ उत्पादनका लागि आवश्यक पराल (कटिङ गरिएको पराल बोरा–बोरा राखिएको) ल्याइँदै गरेको गाडी प्रहरीले रोक्दा उत्पन्न विवाद समाधान गर्न अध्यक्ष कार्की नेतृत्वको टोली त्यहाँ पुगेको थियो।
अध्यक्ष कार्कीका अनुसार च्याउ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ सहज रूपमा उपलब्ध गराउनुपर्नेमा प्रहरीले उल्टै अवरोध मात्र नगरी हातपातसम्म गरेको आरोप छ। पराल छुटाउन जाने क्रममा प्रहरीले दुव्र्यवहार गरेको उनले बताए।
प्रहरीले अध्यक्ष कार्कीसहित संघका केन्द्रीय उपाध्यक्ष रविन्द्र श्रेष्ठ, महासचिव विकास रिमाल, सचिवहरू रमेश सापकोटा र रामहरि डोटेल तथा कोषाध्यक्ष विनोद पौडेललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय चपुर लगिएको छ।
च्याउ उत्पादनलाई आवश्यक कच्चापदार्थ आपूर्तिमा भइरहेको सरकारी झन्झटप्रति संघले गम्भीर आपत्ति जनाएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ