सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, २ पुष २०८२ / Wednesday, 17 December 2025

विश्वकप लिग–२ : आज नेपाल यूएईसँग भिड्दै

प्रकाशित समय: बिहिवार, ०७ : १५ बजे कार्तिक १४ गते



विश्वकप लिग–२ : आज नेपाल यूएईसँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै छ ।

 

नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै  छ ।

 

लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा  छ ।

 

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।