त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको केन्द्रीय कार्यसमितिमा प्रजातन्त्रवादी प्राध्यापक संघको समूहले बहुमत ल्याएको छ ।
बहुमत ल्याएकै समुहले पदाधिकारी चयन गर्ने भएकाले प्रजातन्त्रवादीहरुकै तर्फबाट निर्वाचितहरु पदाधिकारीमा नियुक्त हुने भएका छन् । निर्वाचित १५ जना मध्ये आठ जना प्रजातन्त्रवादी पक्षका रहेकाले उनीहरुले पहिलो बैठकबाटै पदाधिकारी चयन गर्ने तय भइसकेको छ ।
उनीहरुले सभापतिमा बसन्त ढकाल, उपसभापतिमा कपिलदेव यादव, महासचिवमा केशवराज शर्मा, सचिवमा अजयकुमार पौडेल र कोषाध्यक्षमा उत्तरा खनाललाई नियुक्त गर्ने तय भइसकेको प्रजातन्त्रवादी प्राध्यापक संघका सचिव डा विष्णु पोखरेलले जानकारी दिनुभयो । प्रजातन्त्रवादीकै तर्फबाट कमलराज पौडेल, बद्री तामाङ र प्रकाश श्रेष्ठ सदस्यमा निर्वाचित हुनुभएको छ ।
त्यसैगरी प्रगतिशिल समूहबाट सदस्यमा निर्वाचित हुनेमा कृष्णराज ढकाल, डा पदमप्रसाद खतिवडा, मिना गुरुङ, मौसमी गुरागाई, रेमन्त मोरबैत्ता, बलराम डिसी र सुन्दर गौतम रहनु भएको छ । निर्वाचनको परिणामले अधिकांश बुद्धिजिविहरु लोकतन्त्रकै पक्षमा छन् भन्ने पुष्टी गरेकाले लोकतन्त्रलाई संस्थागत गर्न थप योगदान पुग्ने प्रजातन्त्रवादी प्राध्यापक संघका सचिव डा पोख्रेलले विश्वास व्यक्त गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सात हजार नौ सय प्राध्यापकहरुबाट यो कार्यसमिति चयन भएको हो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ