काठमाडौँ, १४ पुस शिक्षक सेवा आयोगले अबदेखि शिक्षकका लागि विषयगत अध्यापन अनुमतिपत्र दिने भएको छ ।
आयोगले अब लिइने अध्यापन अनुमतिपत्रको परीक्षा विषयगतरुपमा लिने भएको छ । शिक्षकलाई विषयमा विशिष्टीकरण ल्याउनका लागि अबदेखि विषयगतरुपमा अध्यापन अनुमतिपत्र वितरण गर्ने आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिनुभयो ।
विषयगत अध्यापन अनुमतिपत्रका लागि आयोगले पाठ्यक्रम पठाउन थालेको छ । “ आयोगले खुलाएको विज्ञापनमा पहिले सबै विषयका लागि एउटै अध्यापन अनुमतिपत्रले प्रतिस्पर्धा गर्ने गरेका थिए”, उहाँले भन्नुभयो, “अबदेखि भने विषयगत अध्यापन अनुमतिपत्र वाहकले मात्र सम्बन्धित विषयमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।”
सरकारले शिक्षा ऐन २०२८ को सातौँ संशोधनपश्चात् विसं २०५९ देखि शिक्षक अध्यापनका लागि अनिवार्य अध्यापन अनुमतिपत्रको व्यवस्था गरेको थियो । आयोगले अहिलेसम्म करीब पाँच लाखलाई शिक्षक अध्यापन अनुमतिपत्र वितरण गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ