काठमाडौँ, १२ पुुस जनसांस्कृतिक महासङ्घ, नेपाल सहित सात सङ्गठनले नेपाल प्रज्ञा–प्रतिष्ठानको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् ।
महासङ्घका अध्यक्ष सरल सहयात्रीसहित अखिल नेपाल लेखक सङ्घ, अखिल नेपाल जनकलाकार सङ्घ, अखिल नेपाल ललितकला सङ्घ, अखिल नेपाल चलचित्रकर्मी सङ्घ, अखिल नेपाल नाट्यकर्मी सङ्घ, लोकवार्ता परिषद्, नेपाल र इतिहास तथा समाज अध्ययन परिषद्का पदाधिकारीले संयुक्तरुपमा विज्ञप्ति निकाल्दै उक्त प्रतिष्ठानमा गरिएको नियुक्ति सैद्धान्तिक आधारमा नभएको आरोप लगाएका हुन् । सरकारले केही दिनअघि उक्त प्रतिष्ठानमा प्राज्ञ नियुक्त गरेको थियो ।
अध्यक्ष सहयात्रीले प्रष्तिठानमा संस्कृति नबुझेका व्यक्तिलाई नियुक्ति गरिएको जनाउँदै अब नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा नियुक्ति गर्दा वैचारिक र सांस्कृतिक मूल्य मान्यताका आधारमा गर्न माग गर्नुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ