ललितपुर, ९ पुस महानगरीय प्रहरी परीसरले अनुमति नलिई ‘ड्रोन क्यामरा’ उडाउने तीन जनालाई पक्राउ गरेर थप कारवाहीका लागि नागरिक उडयन प्राधिकरणमा पठाएको छ ।
महानगरीय प्रहरी प्रभाग लगनखेलले दिउँसो ललितपुर महानगरपालिका–१५ बाट पद्मबहादुर खड्का, विदुरप्रसाद आचार्य र राजन दुवाललाई पक्राउ गरेको छ ।
पक्राउ गरेकालाई प्राधिकरण पठाइएको र ‘ड्रोन क्यामरा’ लगायत उनीहरुसँग भएका सामग्री परीसरले जफत गरेकोे परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।
‘ड्रोन क्यामरा’ उडानका लागि पालना गर्नुपर्ने नियमसम्वन्धी प्राधिकरणले जारी गरेको निर्देशिका पालना नगरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको खनालले बताउनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ