धनगढी, १८ पुस।सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज (सोमबार) दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आह्वान गरेको पहिलो बैठक प्रदेशसभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतमा बस्ने छ ।
बैठकमा शुभकामना आदानप्रदान गर्ने, सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने र प्रदेशसभा नियमावली संशोेधनको प्रस्ताव सदनमा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । प्रदेशसभा सञ्चालनसम्बन्धी नियमावलीमा केही संशोधन गर्नुपर्ने देखिएकोले सोसम्बन्धी शंसोधन प्रस्ताव जान सक्ने सूचना अधिकारी जैशीले दिए ।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा कांग्रेसका १९, माओबादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादी पार्टीका ४, राप्रपाका एक जना र स्वतन्त्र १ जना सदस्य छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ