काभ्रेपलाञ्चोक, ७ पुस काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो ।
आधा दर्जन बालबालिका आज बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्दै हिँडेका देखिन्थे । १० देखि १३ वर्षसम्मका बालबालिका हातमा दर्जनौँ पुस्तक लिएर हिँडिरहेको अवस्थामा भेटिएका हुन्् ।
बनेपा जनागालका मुक्ति विष्टले पछिल्लो समय बालबालिकालाई यसरी प्रयोग गर्नेको सङ्ख्या बढ्दै गइरहेको बताउनुहुन्छ, “ल हेनुहोस्, अङ्कल यो किताब पढ्नुुस् है भन्दै सानासाना बालकले क्रिश्चियन धर्मसम्बन्धी पुस्तक दिएर गए” उहाँले भन्नुभयो । केही नबुझ्ने बालबालिकालाई किन प्रचारमा पठाइएको होलान् उहाँको प्रश्न थियो ।
आफूलाई युसुफ बताउने पुस्तक बाँडिरहेका १२ वर्षका बालकले “चर्चको अङ्कलले बजारका पसल र बाटोमा हिँड्ने मान्छेलाई पुस्तक दिनु” भनेर पठाएको बताए । उनीसँगै पनौती र काठमाडाँै इमाडोल घर बताउने अन्य दुई बालक पनि पुस्तक बाँड्दै हिँडेका भेटिए । “यी किताब बाँडिसकेपछि अङ्कलले चक्लेट किनिदिनुहुन्छ” साइमन नाम गरेका अर्का बालकले खुशी हुँदै भने ।
बिहानको चिसोमा किताब बाँडिसकेर चर्चको ‘प्रार्थना’मा जान उनी हतारिएका देखिन्थे । यस विषयमा बेतानी चर्चका पाष्टर सुजन सुन्दासले भने आफूहरुले कुनै उद्देश्यका साथ बालबालिकालाई प्रयोग नगरेको बताउनुभयो ।
“बच्चा आफैँले पुस्तक निकालेर आफुखुशी बाँडेका हुन्, हामीले प्रयोग गरेका होइनौँ” उहाँले भन्नुभयो । जिल्लाका मानव अधिकारकर्मी भोजराज तिमल्सिना जिल्लामा पछिल्लो समय धर्म र राजनीतिमा बालबालिका प्रयोग बढ्दै जानु दुःखद् भएको बताउनुहुन्छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ