काठमाडौँ, ३ पुस सरकारले मेलम्ची खानेपानी आयोजनासँग जोडिएका पछिल्ला गतिविधिलाई संयमतापूर्वक समाधान गर्न प्रयत्नशील रहेको जनाएको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजनाको निर्धारित कार्यतालिका प्रभावित नहुने गरी आयोजना सम्पन्न गर्न विभिन्न विकल्पमा छलफल गरिरहेको र ठेकेदार कम्पनी सीएमसीसँग पनि पछिल्लो अवस्थाका बारेमा छलफल भइरहेको उल्लेख गरेको छ ।
आयोजनाको निर्माण कार्य सम्पन्न गर्न हालकै निर्माण व्यवसायीमार्फत गर्न सकिने अवस्थाका बारेमा पनि मन्त्रालय र मेलम्ची आयोजनाले विभिन्न विकल्प राखेर परामर्श गरिरहेको उल्लेख गर्दै मन्त्रालयले हालको निर्माण व्यवसायी कम्पनीले काम नगर्ने परिस्थितिमा समेत कार्यतालिका प्रभावित नहुने गरी प्रक्रिया अगाडि बढाउन पनि तयार रहेको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले पछिल्लो विकसित परिस्थितिबाट मेलम्ची आयोजनाको निर्माण कार्य प्रभावित नहुने व्यहोरा स्पष्ट गर्दै आयोजनाप्रति कहीँकतै आशङ्का नगर्न र निर्माण कार्यमा नेपाल सरकारलाई आ–आफ्नो स्थानबाट सकारात्मक सुझाव र उत्प्रेरणा प्रदान गर्नसमेत आग्रह गरेको छ ।
आयोजनाको निर्माण कार्य चलिरहेकै समयमा आइतबार बेलुका ठेकेदार कम्पनी (सीएमसी) का प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेको लगायतको टोलीले अनुमति विना आयोजना स्थल छाडेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ