सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

ए डिभिजन लिग : थ्री स्टार विजयी

प्रकाशित समय: शनिवार, ०७ : १६ बजे मंसिर २९ गते



ए डिभिजन लिग : थ्री स्टार विजयी

काठमाडौँ, २९ मङ्सिर  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा थ्री स्टार क्लब विजयी भएको छ । हल्चोकस्थित शसस्त्र प्रहरीको खेलमैदानमा भएको खेलमा मछिन्द्र क्लबलाई १–० गोलले पराजित गर्दै थ्रंी स्टारले महत्वपूर्ण तीन अङ्क जोडेको छ ।

 

थ्री स्टारको जितमा एक मात्र गोल रञ्जित धिमालले खेलको १२ औँ मिनेटमा पेनाल्टीमार्फत गरेका थिए । थ्री स्टारका मिडफिल्डर निराजन खड्काले प्रहार गरेको बल मछिन्द्रका डिफेन्डर अञ्जन देवकोटाले हातले रोकेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो ।

 

पेनाल्टीलाई धिमालले गोल गरेका हुन् । जितपछि थ्री स्टारले आठ खेलबाट २१ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मछिन्द्र तीन अङ्कसहित तालिकाको १३ औँ स्थानमा छ ।

 

आठाँै चरणका खेल सकिए यसैबीच आजदेखि जारी लिगमा आठौँ चरणका खेलहरु सकिएका छन् । आठौँ चरणसम्म आइपुग्दा मनाङ शत प्रतिशत नतिजासहित २४ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । मनाङलाई थ्रीस्टार र सङ्कटाले पच्छ्याइरहेका छन् ।

 

थ्री स्टार र सङ्कटाको समान २१÷२१ अङ्क छ । उनीहरु अङ्क तालिकाको क्रमशः दोसो र तेस्रो स्थानमा छन् ।