सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

हिमपात कारण डोटीको जनजीवन प्रभावित

प्रकाशित समय: शनिवार, ०९ : २७ बजे मंसिर २९ गते



 हिमपात कारण डोटीको जनजीवन  प्रभावित

डोटी, २९ मङ्सिर केही दिनयता देखिको मौसममा आएको परिवर्तनका कारण डोटीका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । 

 

डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेकलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भइ चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको सायलवासी गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “गाई वस्तु चर्ने ठाउँ पूरै हिउँले ढाकेकाले तिनलाई गोठ बाहिर निकाल्नसमेत समस्या भएको छ ।”

 

हिउँ परेका कारण लगाएको बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै लेकाली क्षेत्रमा बसोबास गर्ने किसान भने खुशी भएका छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ ।

 

हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको स्थानीयवासी तिलक बोगटीले जानकारी दिनुभयो । हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ ।