लमही, २८ मङ्सिर दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो ।
बिहीबार राति ८ बजेतिर सोलारको ब्याट्री पड्किएर घरमा आगलागी हुँदा पुनका सात वर्षीय छोरा कृष्णकुमार, पाँच वर्षीया छोरी अस्मिता र दुई वर्षीया छोरी अञ्जुको मृत्यु भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
पुनको एक वर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नवराज र उहाँकी श्रीमती झारफुक गराउन गाउँ गएका बेला ब्याट्री पड्किएर आगलागी भएको प्रहरीको अनुमान छ । हाँसीपुर प्रहरीचौकी र स्थानीयवासीको सक्रियतामा राति १२ बजे आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घरमा रहेका सामानका साथै सात गाई र चार बाख्रासमेत जलेर नष्ट भएका छन् ।
पसलमा आगलागी
तुलसीपुरको एक जुत्ता पसलमा आगलागी भएको छ । तुलसीपुर–५ वीरेन्द्र चोक नजिक रहेको भीमप्रसाद घिमिरेको घरमा रहेको जुत्ताको होलसेल पसलमा आगलागी भएको थियो ।
तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार शुक्रबार बिहान सवा ६ बजे आगलागी भएपछि नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासी खटिएका थिए ।
तीन तलाको घरभित्र रहेका सम्पूर्ण समान पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागी भएको समयमै थाहा पाएपछि घरमा भएका सबै मानिस बाहिर निस्किएकाले मानवीय क्षति भने नभएको बताइएको छ ।
आगलागीका कारण र क्षतिबारे अझै केही खुल्न सकेको छैन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ