हेटौँडा, २७ मङ्सिर : प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयमार्फत चालू आर्थिक वर्षमा प्रदेशका १३ वटा जिल्लाका १०३ वटा क्याम्पसलाई रु २२ करोड पाँच लाख बजेट विनियोजन गरेको छ ।
मन्त्रालयले एउटा कलेजलाई रु १५ लाखदेखि रु एक करोडसम्म बजेट विनियोजन गरेको हो । प्रदेशको १६४ वटा सामुदायिक क्याम्पसमध्ये पहिलो चरणमा १०३ क्याम्पसका लागि रु २२ करोड पाँच लाख बजेट विनियोजन भएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “थप क्याम्पसलाई पछि आवश्यकताअनुसार रकम वितरण गरिने छ ।” यसरी विनियोजन गरिएको रकम काठमाडौँका १४, काभ्रेपलाञ्चोकको १३, सिन्धुपाल्चोकको १२, सिन्धुलीको १०, चितवनका नौ, धादिङको आठ, ललितपुरको आठ, रामेछापका सात, मकवानपुरको छ, नुवाकोटको छ, दोलखाको पाँच, भक्तपुरको चार र रसुवाको एक क्याम्पसले प्राप्त गर्नेछन् ।
मन्त्रालयका अनुसार कूल २८ करोड बजेट विनियोजन गरेकामा तत्काल आवश्यकताअनुसार रु २२ करोड पाँच लाख आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ