सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

सुरक्षाकर्मीको आँखामा खुर्सानी हाली भाग्न खोज्ने कैदी पक्राउ

प्रकाशित समय: बिहिवार, ०८ : ०८ बजे मंसिर २७ गते



सुरक्षाकर्मीको आँखामा खुर्सानी हाली भाग्न खोज्ने कैदी पक्राउ

हुम्ला, २७ मङ्सिर सुरक्षाकर्मीको आँखामा खुर्सानी हाली भाग्न खोज्ने एक कैदीलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले नियन्त्रणमा लिएको छ ।

 

हरीको हिरासतमा रहेका हुम्ला सर्केगाड गाउँपालिका–२ रिप गाउँका रङ्गमल भनिएका गङ्गे महताराले सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आँखामा चाउचाउको धुलो खुर्सानी हाली भाग्न खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार, आज बिहान करिब ४ बजे शौचालयमा शौच गर्न गएको र शौचबाट हिरासतमा लाने क्रममा सुरक्षामा खटिएका प्रहरी जवान सुन्द्र सिंहको आँखामा खुर्सानी हालेर उनले भाग्न खोजेको थियो ।

 

प्रहरी जवान सिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । हात हतियार खर–खजाना र कर्तव्य ज्यान मुद्दाका अभियोग लागेका उनलाई जिल्ला अदालत हुम्लाको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएको छ ।