सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

राष्ट्रिय खेलकुद उद्घाटनका लागि उपराष्ट्रपति पोखरामा

प्रकाशित समय: बिहिवार, ०५ : २९ बजे आश्विन २७ गते



राष्ट्रिय खेलकुद उद्घाटनका लागि उपराष्ट्रपति पोखरामा

कास्की, २७ असोज।नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन आज पोखरा आउनुभएको छ । यही असोज २८ गते शुक्रबार ४ः०० बजे पोखरा रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ ।

 

बुद्ध एयरबाट दिउँसो ३ः२२ बजे उपराष्ट्रपति पुन पोखरा विमानस्थलमा अवतरण गर्नुभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनुभयो ।उपराष्ट्रपतिको पोखरा आगमनसँगै यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भए पनि अस्वस्थताका कारण उहाँ उपस्थित हुन सक्नुभएन ।

 

गण्डकी प्रदेशका आठै जिल्लामा भोलिदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक शुभारम्भ हुँदैछ । प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।शुभारम्भका लागि पोखरा रङ्गशालामा भव्य तयारी गरिएको प्रतियोगिता प्रचार–प्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी ११ टोलीको सहभागिता छ ।