काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन चाहने ७६ दलले निर्वाचन आयोगमा निवेदन दर्ता भएका छन् । आयोगले दल दर्ताको लागि यही भदौ १० देखि १२ गतेसम्म दिएको समयावधिमा प्रतिनिधि सभातर्फ ६८ निवेदनमार्फत ७६ दलले दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रदेश एकमा ५५ निवेदनमार्फत ६३ दल, मधेश प्रदेशमा ५९ निवेदनमार्फत ६७ दल, बागमती प्रदेशमा ५८ निवेदनमार्फत ६६ दल, गण्डकी प्रदेशमा ५२ निवेदनमार्फत ६० दल, लुम्बिनी प्रदेशमा ५४ निवदेनमार्फत ६२ दल, कर्णाली प्रदेशमा ४९ निवेदनमार्फत ५७ दल र सुदूरपश्चिम प्रदेशमा ५० निवेदनमार्फत् ५८ दलले निवेदन दिएका हुन् ।
आयोगले गत साउन २२ देखि ३१ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८४ वटा दल दर्ता भएका थिए । दर्तामध्ये १२ वटा दलले तालमेल गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्न चार वटा समूह बनाएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ