सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

व्यवस्थापन समिति खारेजीको विरोधमा विद्यालय व्यवस्थापन समिति सङ्घको ज्ञापनपत्र

प्रकाशित समय: आइतवार, ०८ : ३३ बजे आश्विन २१ गते



व्यवस्थापन समिति खारेजीको विरोधमा विद्यालय व्यवस्थापन समिति सङ्घको ज्ञापनपत्र

ललितपुर, नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति संघ ललितपुरले आज गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई विद्यालय व्यवस्थापन समितिको खारेजीको विरोधमा ज्ञापनपत्र बुझाएको छ।

 

संघले शिक्षा ऐन २०२८ आठौं संशोधन २०७३ बाट संशोधित वडाको वडाअध्यक्ष पदेन सदस्य हुने व्यवस्थालाई स्थानीय सरकारले स्वत अध्यक्ष हुने व्यवस्था गरेकाले उक्त नियमावलीको विरोधमा ज्ञापनपत्र बुझाएको हो।

 

शिक्षा ऐन नबनाई नियमावली बनाएर नियमावली कार्यान्वयन गर्न खोजेको विरोधमा संघले ज्ञापनपत्र बुझाएको व्यवस्थापन समिति संघ गोदावरी नगर संयोजक एवं जिल्ला सदस्य सुरज श्रेष्ठले बताए।