सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरकै बौद्ध अध्ययन केन्द्र बनाउनुपर्ने

प्रकाशित समय: आइतवार, ०८ : ०७ बजे आश्विन २१ गते



बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरकै बौद्ध अध्ययन केन्द्र बनाउनुपर्ने

काठमाडौँ, २१ असोज विसं २०६१ मा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको छोटो समयमा प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा अघि बढेको छ ।

 

सरकारबाट सो विश्वविद्यालय स्थापना भएको लामो अवधिसम्म पनि एउटा सानो भवनबाट सञ्चालन भई आएको र थोरै बजेटका बाबजुद पनि यो विश्वविद्यालय १४ वर्षको अवधिमा बौद्धधर्म अध्ययन गरी विद्यावारिधि गर्नेको सङ्ख्या १८ पुगेको छ भने ९३ जनाले बौद्ध दर्शन लिई स्नात्तकोत्तर तह उत्तीर्ण गर्न सफल भएका छन् ।

 

लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल परम्परागत बौद्धधर्म सङ्घ तथा त्रिरत्नकोषको संयुक्त तत्वावधानमा शनिबार आयोजित कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले विश्वविद्यालयका प्रथम उपकुलपति डा तुल्सीराम वैद्यले नेतृत्व गर्दा शून्यबाट शुरु भएको सो विश्वविद्यालय हालसम्म आउँदा ठूलो फड्को मार्न सफल भएको बताउनुभयो ।

 

डा बज्राचार्यले विश्वविद्यालयले प्राज्ञिक गुरुयोजना, मानव संशाधन गुरुयोजना, भौतिक पूर्वाधार गुरुयोजना तथा वित्तीय गुरुयोजना तर्जुमा गरी लागू गरेको जानकारी दिनुभयो । विगतमा थेरावाद बौद्धधर्म, महायान बुद्धधर्म, एप्लाइड बुद्धधर्म, बुद्धिजम एण्ड हिमालयन स्टडीज तथा बुद्धिजम एण्ड पिस स्टडिजमा सीमित सो विश्वविद्यालयको पढाइमा थप नौ विषय थप गरी कूल १४ विषयमा पढाइ भइरहेको उहाँले बताउनुभयो ।