सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

विद्यालय क्षेत्र विकास कार्यक्रममा जापानको तीस करोड बढी अनुदान

प्रकाशित समय: शुक्रवार, १२ : ५८ बजे आश्विन १९ गते



विद्यालय क्षेत्र विकास कार्यक्रममा जापानको  तीस करोड बढी अनुदान

काठमाडौँ, १९ असोज  जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ ।

 

अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले र मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गर्नुभयो ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको आधारभूत तथा माध्यमिक शिक्षाको कार्यान्वयन गर्ने उक्त कार्यक्रमको उद्देश्य÷गुणस्तरीयता अभिवृद्धि तथा अध्ययन÷अध्यापनको सुधार हो । त्यसअवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित हुनु दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सहयोग पुग्नु हो भन्नुभयो

 

। सहसचिव नेपालले नेपालको आर्थिक सामाजिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गर्नुभयो ।