काभ्रे, बेथानचोक - सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदो रहेको भन्ने आरोप लागिरहेका बेला पार्वती मा.वि बेथानचोकले भने आफुलाई उत्कृष्ट विद्यालयको रुपमा प्रस्तुत गर्न सफल भएको छ ।
शैक्षिक सत्र २०७४ सालमा नेपाल सरकार शिक्षा विभागले नमुना विद्यालय विकासका लागि छनोट भए पछि गूरु योजना नै बनाएर विद्यालय नमुना विद्यालय बनाउने क्रममा स्थानीय जुटेका हुन् । विद्यालयले विद्यालय सुधार गुरुयोजना निर्माण गरी ५ वर्ष भित्र शैक्षिक भौतिक र प्रशासनिक क्षेत्रमा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने विद्यालय सक्रिय बनेको छ ।
जस अनुसार विद्यालयले गरिब विपन्न वर्गका विद्यार्थीका लागि निःशुल्क आवासीय छात्राबासको व्यवस्था गरेको छ । अहिले विद्यालयमा ७ सय विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले जानकारी दिए । टाढा देखि विद्यालय पढन आउने गरेका चलाल, नमोबुद्ध, साल्धारा, फलामेटार क्षेत्रका आर्थिक आय न्युन भएका परिवारका ४० जना छात्र छात्राका लागि आवासीय छात्राबासको व्यवस्था गरिएको हो ।
छात्राबासमा बस्ने बालबालिकाहरुको लागि सम्पूर्ण खाना खाजा तथा बसोबास तथा अतिरिक्त कक्षाको निशुःल्क व्यवस्था छ , शर्माले थपे । यस वर्ष नमुना विद्यालय विकासका लागि प्राप्त रकमलाई उपयोग गरी विद्यालयको भौतिक तथा प्रशासनिक सुधारको कार्यको शुरुवात गरेको छ ।आगामी शैक्षिक सत्र देखि कक्षा ९ देखि प्राविधिक शिक्षाको सुरुवातका लागि विद्यालयले प्रकृया सुरु गरिसकेको उनले थपे । उनका अनुसार प्रविधिक शिक्षा अन्र्तगत कृषि विषय शिक्षण गर्ने विद्यालयको योजना रहेको छ ।
कृषि संचालन पश्चात प्राविधिक तर्फ कृषि शिक्षण गर्ने पार्वती मा.वि दोस्रो विद्यालय बन्ने छ । नमुना विद्यालयको विकासका लागि प्राथमिक तहलाई पूर्ण प्रविधि मैत्री बनाउने र गुणस्तरमा सुधार गर्ने , जसका लागि शिक्षकलाई प्रविधि सम्बन्धि तालिम दिने,विद्यालय व्यवस्थान समिति तथा शिक्षक अभिभावक संघको क्षमता अभिबृद्धि गरिने, शिक्षक तथा विद्यार्थी प्रोत्साहन कार्यक्रम शुरु गरिने योजना रहेको शर्माले जनकारी दिए ।
आगामी वर्षबाट आफ्नै छात्राबास निर्माण गर्ने लक्ष्य लिएको विद्यालयले यस वर्षका लागि भवन भाडामा लिएको छ । छात्राबास स्थापनाका लागि शिक्षा विकास तथा समन्वय इकाई काभ्रेको १६ लाख अनुदान तथा विद्यालयको १२ लाख खर्चमा उक्त कार्यको शुरुवात गरिएको हो । विद्यालयले उक्त रकम ऋण लिइ छात्राबासका लागि खर्च गरेको प्रधानाध्यापक शर्माले जानकारी दिए ।.jpg)
विद्यालयले छात्राबासलाई निरन्तर संचालन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले बताए । गरिब परिवारका बालबालिकाले खर्चकै अभावमा पढाइ छाड्नु नपरोस भनेर नै यस्तो कार्यको शुरुवात गरेका हौ ,गाउँपालिका भित्रका गरिब परिवारका बालबालिकाहरुलाई आवासीय छात्राबासको व्यवस्था गरि अध्ययनमा सहयोग गरिने उनले बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ