काठमाडौं। गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित भएर चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ निर्माण भएको छ । इङ्गल्याण्ड र बेलायतमा सम्पूर्ण छायांकन भएको चलचित्रको यतिबेला लन्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । चलचित्रलाई आगामी साउन मध्यतिर प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।
२५ सेप्टेम्बर १९१५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीर थापाको कथामा यो चलचित्र बनेको हो ।
निर्देशक शाहीले जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जलीका लागि चलचित्र निर्माण गरेको बताए । उनले भने- ‘चलचित्रले गोर्खालीहरु जति बहादुर छन् त्यति नै दयालु हृदयका पनि छन् भन्ने देखाएका छौं । विश्व युद्धमा घाइतीहरुलाई गोर्खा सैनिकले नै उद्दार गरेका थिए, सोही कुरा फिल्मको विषय हो । आत्म-त्याग, करुणा र मित्रताको कथामा चलचित्र बनेको हो ।’
शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । चलचित्रको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर चलचित्र बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।
मधु गुरुङ र प्रयास गुरुङ निर्माता तथा क्षितिज सुवेदी कार्यकारी निर्माता हुन् । गोर्खालीको सत्य घटनामा आधारित यो चलचित्रमा जोडिन पाउनु सुन्दर पक्ष रहेको सुवेदीले बताए । ‘मैले अहिलेसम्म जतिपनि चलचित्रमा काम गरेको छु ति चलचित्रहरुभन्दा यो चलचित्र अत्यन्तै फरक छ । यो हाम्रा पुर्खाको विरताको कथा हो’, सुवेदीले भने ।
यो चलचित्रमा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, रुपेश गुरुङको सम्पादन, विश्व शाहीको संगीत, अश्रुती पटेलको कला निर्देशन, एरमान जम्बकको भिएफएक्स, बेलेन सिलोगुल्लरको कलर र रबिन श्रेष्ठको साउन्ड ट्रयाक रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ