ललितपुर, "समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार" भन्ने नारासहित ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज गोदावरी नगरपालिकाले भव्यरुपमा मनाएको छ।
यसअवसरमा एसइइ परीक्षामा सर्वोत्कृष्ट हुने संस्थागत विद्यालय, सामुदायिक विद्यालयका विद्यार्थी तथा विद्यालयका प्रधानाध्यापक एवम् व्यवस्थापन समितिका अध्यक्षहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो।
त्यस्तै आधारभूत तथा शैक्षिक गुणस्तर कायम गर्ने विद्यालय, विद्यालयका प्रधानाध्यापक लाई सम्मान गरिएको थियो। सो अवसरमा गोदावरी नगरभित्रका विद्यालयहरुमा लामो अवधि शिक्षण गरी अनिवार्य अवकाश प्राप्त हुने शिक्षकहरुलाई सम्मान तथा लामो समय शिक्षण सेवा प्रदान गर्ने शिक्षकहरुलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरिएको थियो।
साथै नगरपालिकाले नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने विद्यावारिधि उपाधि प्राप्त व्यक्तिहरु, सरकारका प्रथम श्रेणी र सोभन्दा माथिल्लो तहमा सेवारत व्यक्तिहरुलाई पनि सम्मान गरेको थियो।
समारोहमा नगर शिक्षा समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख गजेन्द्र महर्जनले नगर शिक्षा नियमावली २०७५ को लोकार्पण गरे। बिहान ७ बजे नगरपालिकाको कार्यालयबाट र्याली सहित सुरु भएको कार्यक्रम बज्र बाराही पार्टी प्यालेस सम्म पुगी सभामा परिणत भएको थियो।
शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुनु नपरोस् भन्ने नाराकासाथ विसं २०३१ सालबाट मनाउन थालिएको शिक्षा दिवसको अवसरमा नगरपालिकाकी उपमेयर मुना अधिकारीले उत्कृष्ट हुने विद्यालय, विद्यार्थी, शिक्षाकर्मी तथा सम्मानित व्यक्तिहरुलाई बधाई तथा शुभकामना व्यक्त गरिन्।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर १३ का वडा अध्यक्ष भास्कर थापाले गोदावरी नगरपालिकालाई शैक्षिक हब बनाउन नगरपालिकाले शिक्षालाई विशेष ध्यान दिएको बताए।
नगर शिक्षा नियमावली लोकार्पण पछि बोल्दै नगरप्रमुख गजेन्द्र महर्जनले नगरपालिका क्षेत्रभित्रका सबै बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाले विकास निर्माणसँगै शिक्षालाई प्राथमिकतामा राखेको बताए।
उनले भर्खरै लोकार्पण गरिएको शिक्षा नियमावली देशभरिकै नमुना रहेकाले यो शिक्षा नियमावली कार्यान्वयन गर्नुमा जोड दिए। उनले गुणस्तरिय शिक्षा आजको आवश्यकता रहेको बताए।
३९औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा पुरस्कृत तथा सम्मानित हुने विद्यालय, विद्यार्थी, तथा सम्मानित व्यक्तिहरू
गोदावरी न.पा. मा उच्च GPA ३.९५ सहित SEE परिक्षामा सर्वोत्कृष्ट हुने संस्थागत विद्यालयका विद्यार्थीहरुलाई सम्मान
१. श्री मिलन शिल्वाल –हिलटप मावि २. श्री रोहित बोहरा– लालीगुरास मावि ३. श्री सारिका महर्जन– इन्द्रेणी मावि ४. श्री सन्देश शिल्वाल– अमरकान्ति मावि ५. श्री दिया महर्जन– सेण्टपल मावि ६. श्री आरोही भट्टराइ– ब्लुवर्ड मावि
गोदावरी न.पा. मा उच्च GPA सहित SEE परिक्षामा सर्वोत्कृष्ट हुने सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सम्मान
१. श्री योसुता श्रेष्ठलाई– बज्रबाराही मावि GPA३.८० २. श्री रोजीना श्रेष्ठलाई– बज्रबाराही मावि GPA३.७५ ३. श्री पूजा पहरी– बज्रबाराही मावि GPA३.७५
गोदावरी न.पा. मा उच्च GPAमा धेरै विद्यार्थी सहभागी गराएर प्रथम, दितीय र त्रितीय हुने संस्थागत विद्यालय र सो विद्यालयका प्रधानाध्यापकलाई सम्मान
१. श्री सेन्ट जेभियर्स माध्यमिक विद्यालय स्यामुयल सिमिक एस. जे. – पहिलो २. श्री इन्द्रेणी माध्यमिक विद्यालय, – दोस्रो श्री हिराकाजी डंगोल ३. श्री लालीगुरास माध्यमिक विद्यालय, – तेस्रो श्री विनोद देवकोटा
गोदावरी न.पा. मा उच्च GPAमा धेरै विद्यार्थी सहभागी गराएर प्रथम, दितीय र त्रितीय हुने सामुदायिक विद्यालय र सो विद्यालयका प्रधानाध्यापकलाई सम्मान
१. श्री वाणिविलास माध्यमिक विद्यालय– पहिलो श्री प्रविण प्रका श्रेष्ठ २. श्री बज्रबाराही माध्यमिक विद्यालय– दोस्रो श्री रामेश्वर महर्जन ३. श्री सरस्वती माध्यमिक विद्यालय – तेस्रो श्री प्रकाश कुमार गोदार
आधारभूत तथा माध्यमिक विद्यालयतर्फ शैक्षिक गुणस्तर कायम गर्न सफल सामुदायिक विद्यालय सम्मान
१. श्री फुलचोकी माध्यमिक विद्यालय २. श्री फुलचोकी आधारभूत विद्यालय ३. श्री चण्डि देवी आधारभूत विद्यालय ४. श्री दमाइटार आधारभूत विद्यालय
आधारभूत तथा माध्यमिक विद्यालयतर्फ शैक्षिक गुणस्तर कायम गर्न सफल सामुदायिक विद्यालयका प्रधानाध्यापक सम्मान
१. श्री रविन्द्र शिल्वाल – शिद्देश्वर आधारभूत विद्यालय २. श्री दीपक वानिया – बुद्ध मावि छम्पी ३. श्री कृष्ण प्रसाद तिमल्सिना– सरस्वती आधारभूत विद्यालय ४. श्री बुद्ध मावि, बाडेगाउँ
गोदावरी नगरपालिका भित्रका विद्यालयहरूमा लामो अवधि शिक्षण गर्ने शिक्षकलाई दीर्घ सेवा सम्मान
१. श्री सुरथ गौतम केसी– छम्पी देवी मावि २. श्री सानुदास नापित –बुद्ध मावि, ठैब ३. श्री विन्दे बैद्य –बुद्ध मावि, ठैब ४. श्री नकुल थापा –वाणिविलास मावि
गोदावरी नगरपालिका भित्रका विद्यालयहरूमा लामो अवधि शिक्षण गरी अनिवार्य अवकाश प्राप्त गर्नु हुने शिक्षकलाई सम्मान
१. श्री रत्नवीर मल्ल – बज्रबाराही मावि २. श्री आरती कार्की – सरस्वती मावि, ठेचो ३. श्री पुष्प केसी – छम्पी देवी मावि ४. श्री नविन प्रकाश महत (स्रोत व्यक्ति) –सरस्वती मावि, लेले
यस नगरपालिका क्षेत्र भित्र स्थायी बसोवास गर्नुहुने विद्यावारिधि उपाधि प्राप्त व्यक्तित्वज्यूहरुलाई सम्मान
१.श्री गोविन्द आचार्य २.श्री गोपाल थापा ३.श्री भिमसेन क.सि. ४.श्री श्रीहरि थापा ५.श्री रघुवीर विष्ट
यस नगरपालिका क्षेत्रबाट नेपाल सरकारका प्रथम श्रेणी र सो भन्दा माथिल्लो तहमा सेवारत व्यक्तित्वज्यूहरुलाई सम्मान
१.श्री जीवन सुवेदी –सहसचिव, महालेखा परीक्षकको कार्यालय २. श्री भाष्कर मोहन मेहर कायस्थ –सहसचिव, स्थास्थ्य मन्त्रालय ३. श्री दीपेन्द्र रमण सिंह –सहसचिव, स्थास्थ्य मन्त्रालय ४.श्री सानुकाजी थापा – महा सेनानी, नेपाली सेना ५. भोला थापा –महा सेनानी, नेपाली सेना ६. नविन शिल्वाल –महा सेनानी, नेपाली सेना ७. सुदर्शन शिल्वाल –महा सेनानी, नेपाली सेना









लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ