स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा गोदावरी नगरपालिकाको माहोल तातिएको छ। गोदावरी नगरपालिका-१३ झरुवारासी नेपाली कांग्रेसका सशक्त उम्मेदवारका रूपमा पुर्शोत्तम पौड्याल (ठाकुर) चुनावी मैदानमा होमिएका छन्।उनी संग मिडिया सञ्चार डट कमले गरेको संक्षिप्त अन्तर्वार्ताको अंश हामीले प्रस्तुत गरेका छौं।
वडा नं १३ मा तपाईंको उम्मेदवारी किन?
सुशासन,समुन्नत,भ्रष्टाचारमुक्त वडा निर्माणको लागि मेरो उम्मेदवारी रहेको छ।
तपाईंको मूलभूत एजेन्डाहरु के के हुन?
सर्वप्रथम त हामीले ठूलाठूला महत्वकांक्षा राखेका छैनौं। हामीले स्मार्ट वडाको अवधारणा अगाडि सारेका छौं। त्यसको अलवा स्थानियको साना साना माग अनि आवश्यकतालाई सहज रुपमा परिपुर्ति गर्न समावेशी बजेट बाँडफाँड गर्ने देखि प्राप्त बजेट लाई उपभोक्ता समिती तथा टोलसुधार समितिको मातहतमा रहेर काम गराउने योजना रहेको छ। बिशेष गरि ठुलो महत्वाकांक्षी माग भन्दा स्थानियको दैनिकी आधारभूत आवश्यकतालाई कसरी सहजीकरण गरेर अगाडि बढ्न सकिन्छ त्यो नै मेरो मुल एजेन्डा हो।
स्मार्ट वडाको पुर्वधार विकास कसरी गर्नु हुन्छ?
हाम्रो वडा गोदावरी नगरपालिका भित्र रहेका वडाहरू मध्ये एक महत्वपूर्ण वडा मान्न सकिन्छ। यहाँ धेरै सार्वजनिक स्थल, जग्गा रहेकाले ती सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने हाम्रो पहिलो काम हुनेछ। ती सार्वजनिक स्थानमा हरियाली पार्क निर्माण गर्ने, जग्गा संरक्षण गर्न तारबार लगाउने काम गर्ने छौं। धार्मिक हिसाबले महत्वपूर्ण क्षेत्र मानिने बज्रबारही मन्दिर र सन्तानेश्वर महादेव मन्दिर यसै वडामा रहेकाले मन्दिर संरक्षण एवं प्रवर्द्धन गर्न प्राथमिकतामा राखेर काम गर्ने छौं। हामीले सडक यातायातलाई पनि प्राथमिकतामा राखेका छौं।यो पाँच बर्ष भित्र हामी सम्पुर्ण सडक कालोपत्रे गर्ने छौं,त्यो सबै सम्भव नभए हामी खाल्डाखुल्डी सडकलाई स्थर उन्नती गरि अहिले भएको भन्दा राम्रो बनाउने छौं। सडकमा बत्ती जडान गर्ने छौं, वडाबाट हुने अधिकांश काम डिजिटल माध्यमबाट गर्न पहल गर्ने छौं। सरल, सहज तरिकाले जनतालाई सेवा प्रदान गर्ने छौं। सामाजिक सुराक्षा भत्ता घर-घर गएर बाड्ने व्यवस्था मिलाउने छौं।
तपाईंले राखेका एजेन्डा त विपक्षी दलहरुको पनि छ,तपाइले चुनाव जित्ने आधारहरु के के हुन त?
पहिलो नम्बरमा त सांगठनिक रुपमा हामी अगाडि बलियो पनि छौं। तहगत संरचना हाम्रो बलियो भएको हिसाबले हामीलाई चुनाव जित्न गार्हो हुन्न। अर्को कुरा म लगायतका मेरो सम्पुर्ण टिम यस क्षेत्रको लागि शसक्त उम्मेदवारको रुपमा हुनुहुन्छ। हामीसंग काम गर्ने भिजन छ, मेरो आफ्नै व्यवसाय रहेको हुँदा मलाइ भ्रष्टाचार गरेर पैसा कमाउनु राजनीतिक लाभ लिनु छैन।मैले राजनितीलाई सेवाको रुपमा हेरेको छु।मैले चुनाव जितेको खण्डमा मैले प्राप्त गर्ने सेवा सुबिधा साविकको नौ ओटै वडाका आर्थिक अवस्था कमजोर रहेका व्यक्ति र समुदायहरुलाई लागि खर्च गर्छु भनेर मैले सार्वजनिक रुपमा भनिसकेको छु। त्यस कारण हाम्रो जीत सुनिश्चित छ।
यो भन्दा अगाडिका वडा अध्यक्षकोको कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
म सन्तुष्ट छ या छैन भन्दा पनि यहाँको स्थानीय जनता कतिको सन्तुष्ट छन् भन्ने कुरा महत्वपूर्ण हो। झरुवारासीमा बाटोको अवस्था दयनीय रहेको,बजेटमा वितरणमा अपारदर्शिता,राज्य संयन्त्रबाट गठित टोल सुधार समिती निष्क्रिय पारेर एकलौटी काम गर्दै आएको जनमानसमा गुनासो रहेको सुन्दै आएको छु ।यी र यस्ता प्रकारका समस्या समाधान गरेर अघि बढ्ने स्पष्ट पार्छु।
शिक्षा,स्वास्थ लगायत अन्य क्षेत्रमा के गर्नु हुन्छ?
वडा भित्र रहेका जेष्ठ नागरिकहरुको लागि प्रत्येक ३/३ महिनामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने छु। सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको नियमित स्वस्थ्य परिक्षण साथै वडा भित्र खेलकुद मैदान निर्माण गर्ने छु।सामुदायिक वन क्षेत्रलाई व्यवस्थित गर्दै आय आर्जनको श्रोत,खेती योग्य जमिनलाई सिँचाइको प्रबन्ध मिलाउने छु।
खानेपानीलाई डिप बोरिङ र अन्य मुहानबाट व्यवस्थापन मिलाई व्यवस्थित तरिकाले वितरण गर्ने,कृषिको लागि पशु बिमा, कृषि अनुदान लगाएत बीउ बिजन वितरण, अपाङ्गता तथा महिला हरुको लागि उत्पादन मुखी तालिमको व्यवस्था मिलाउने छु। अबैध प्लटिङलाई व्यवस्थित गरिने छ। ट्रिफर लगायत निर्माण ढुवानीका सवारीसाधनलाई बैकल्पिक मार्गबाट संचालन गर्न प्रयत्न गर्ने छौं।
अन्त्यमा के भन्नू हुन्छ?
अरुले के गरे के गरेनन् भन्दा पनि मैले के गर्न सक्छु त्यो महत्वपूर्ण हुन्छ, राजनितीमा सेवा गर्न आएको हुँ कमाउन होइन, एक पटक मलाई बिश्वास गर्नुस् तपाइँहरूको बिश्वास खेर जान दिन्न। मेरो सम्पुर्ण टिमलाई सहयोग गर्नु हुनेछ भन्ने आशा राख्दछु।
जय नेपाल।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ