सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

सडक मर्मत गर्न गिट्टी वालुवा उठाउँदै गरेका गाउँपालिकाको गाडी सेनाको नियन्त्रणमा

प्रकाशित समय: मगलवार, ०९ : १७ बजे भदौ १२ गते



सडक मर्मत गर्न गिट्टी वालुवा उठाउँदै गरेका गाउँपालिकाको गाडी सेनाको नियन्त्रणमा

ठोरी, पर्सा । सडक मर्मतका लागि ठोरी गाउँपालिका अन्तर्गत पर्ने बागमोर्चा खोलाबाट गिट्टी बालुवा उठाउँदै गरेका डोजर सहित ट्रिपर र ट्याक्टरलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।

 

वर्षाका कारण सदरमुकाम बिरगंजसँगको सडक सम्पर्क अबरुद्ध भएपछि गाउँपालिकाले सडक मर्मतका लागि आफ्नै सवारी मार्फत बागमोर्चा खोलाबाट गिट्टी बालुवा उठाएर ठोरी खण्डको खाल्डा खुल्डी सडक पुर्दै आएको थियो ।

 

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने ठोरी गाउँपालिका ५ मा रहेको गढवा लाइनमा पर्ने सेनाको व्यारेकबाट खटिएको टोलीले मंगलबार गिट्टी वालुवा उठाउँने क्रममा रहेका गाउँपालिकाको टिपर, डोजर र ट्याक्टरलाई नियन्त्रणमा लिएको गाउँपालिका प्रमुख पदमलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार २ जना सवारी चालक समेत सेनाको नियन्त्रणमा छन ।

 

गत असार देखि नै बिरगंजसँग सडक सम्पर्क टुटेपछि गाउँपालिकाले सडक मर्मतमा अग्रसरता लिएको श्रेष्ठले जानकारी दिए । तर सेनाले भने मध्यवर्ति क्षेत्रमा पर्ने भएकाले सो क्षेत्रको खोलाबाट गिटी वालुवा नउठाउँन दबाब दिंदै आएको थियो ।

 

तर स्थानीय नागरिकहरुले भने सडक पुर्वाधार जनताको जिवनसँग जोडिएको भन्दै सेनाको अनुमती नभएपनि बाटो बनाउँनु पर्ने भन्दै गाउँपालिकामा दबाब दिदैं आएका थिए ।