काठमाडौं। समिक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ ।
महेन्द्र निरौलाको निर्देशनमा बनेको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ । भिडियोको कथावस्तुमा पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएको छ । घरबाट अभिभावकले ‘पकेट मनी’ नदिने, पैसा पाउँदा पनि मोबाइलको डाटामा सकिने, पढाइमा कम मायामा बढि ध्यान जाने लगायतका बिषय गीतमा समेटिएको छ ।
यस गीतबाट युवाहरुमाझ सकारात्मक सन्देश दिन खोजेको गीतकार गिरीले बताए । यो गीत छायांकन गर्दा भक्तपुरको एउटा चोकको नाम नै ‘नो मनी चोक’ बनाईएको निर्देशक निरौलाले बताए । ए प्लस स्टुडियोमा रेर्कडिङ भएको गीतलाई कुसल थापाले रेर्कडिङ गरेका छन् भने साजन साहले मिक्सीङ तथा मास्टरिङ गरेका छन् । गीतको भिडियोलाई शुसिल डाँगीले छायांकन गरेका छन् भने निराजन केसीले सम्पादन गरेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ