काठमाडौं । कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले १३३ जना हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना मागेको हो ।
यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश सरकारले पारिश्रमिक र सेवासुविधा उपलब्ध गराउने छ । सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा १२/१२ जना मागिएको छ । कालीकोट र जुम्ला १४/१४ जना र मुगु, डोलपा र हुम्लामा १५/१५ जना मागिएको छ । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ