एजेन्सी । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४९ करोड नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर १० लाख ६ हजार ८ सय ५७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
गत २४ घन्टामा विश्वभर थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै दक्षिण कोरियामा २ लाख ६४ हजार ९७, फ्रान्समा १ लाख ३२ हजार १ सय १४ र जर्मनीमा १ लाख २८ हजार ६ सय ३९ जना रहेका छन् । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४९ करोड ७ लाख १४ हजार ८ सय ४८ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर २ हजार ६ सय २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । गत २४ घन्टामा सबैभन्दा धेरै रुसमा ३ सय ४०, दक्षिण कोरियामा ३ सय ३९, जर्मनीमा १ सय ८७, इटलीमा १ सय २९, अमेरिकामा १ सय ५० र ब्राजिलमा १ सय २७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण ६१ लख ७३ हजार ८ सय ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
यस्तै गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ९ लाख ७९ हजार २ सय ३१ जना स्वस्थ भएका छन् । योसँगै हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये निको हुनेको सङ्ख्या ४२ करोड ५५ ४६ हजार ८ सय ९६ पुगेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ