सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: मगलवार, ०५ : ४५ बजे चैत्र १५ गते



थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ चैत्र ।नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ३ सय २२ पिसिआर परिक्षणका क्रममा ३० जना र १ हजार १ सय ४९ एन्टीजेन परिक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।त्यस्तै मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप ८६ संक्रमित कोरोनामुक्त हँुदा हालसम्म नेपालमा ९ लाख ६५ हजार २ सय २८ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार १ सय ९८ संक्रमित संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।