पनौती । २०७४ सालमा संचालित एसईई परीक्षामा जिल्लामै उत्कृष्ट अंक ल्याउन सफल पनौतीको सामुदायिक माध्यमिक बोर्डिङ स्कुलले शुक्रबार एक कार्यक्रम गरी वार्षिक उत्सव तथा सम्मान कार्यक्रम आयोजना गर्यो ।
पनौतीमा संचालित बोर्डिङ स्कुल मध्ये यस पटकको एसईई नतिजाले सामुदायिकले आफुलाई अब्बल स्थानमा उभ्याउन सफल भएको छ । विद्यालयले आयोजना गरेको कार्यक्रम पनौती नगर प्रमुख भीम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्मपन्न भएको थियो । पानसमा बत्तिबाली प्रमुख न्यौपानेले कार्यक्रमको उद्घाटन गरेका थिए । न्यौपानेले पनौती नगरकै २ विद्यालयले उत्कृष्ट अंक हासिल गर्नुले पनौती नगरको शैक्षिक गतिविधिहरु उत्कृष्ट रहेको बुझ्न सकिने बताए ।
जिल्लाका ३ विद्यालयहरु सामुदायिक बोर्डिङ स्कुल पनौती, भालेश्वर पनौती तथा सरस्वती शिक्षा सदन पनौतीबाट एसईई परीक्षामा सामेल भएका तीन विद्यार्थीहरुले उत्कृष्ट(३.९५ जि.पि.ए) प्राप्त गरेका छन् ।
उक्त तीन विद्यालय मध्ये २ विद्यालय सामुदायिक तथा भालेश्वर पनौती नगरपालिका वडा नं ४ र ८ मा रहेका छन् । प्रमुख न्यौपानेले नगरको शिक्षा विकासका लागि नगरपालिकाको तर्फ बाट सधै सहयोग रहने बताए । कार्यक्रमका विशेष अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख डिक बहादुर राईले शैक्षिक विकासमा निजि विद्यालयले पुर्याएको योगदान सह्ररानीय भएको उल्लेख गरे ।
अर्का अतिथि प्यावसनका केन्द्रिय सचिव भिमसेन के.सीले विद्यालयले पाएको सफलता प्रति विद्यालयलाई बधाई दिँदै संस्थागत विद्यालयहरु शैक्षिक क्षेत्रको विकासमा निरन्तर लागि पर्ने बताए ।
उक्त विद्यालयबाट यस वर्ष २१ जना विद्यार्थी एसईईमा सम्मलित भएकोमा १२ जनाले ३.६ भन्दा माथि अथवा ए प्लस,३ जनाले ३.६ अर्थात ए र बाकीले वि प्लस अथवा २.८ भन्दा बढि जि.पि.ए प्राप्त गरेका छन् । ए प्लस प्राप्त गर्ने मध्ये ३.९५ प्राप्त गर्ने अर्चना श्रेष्ठ जिल्लामै उत्कृष्ट हुन सफल भएकी थिइन ।
कार्यक्रममा श्रेष्ठलाई प्रशंसा पत्र तथा नगद पुरस्कार सहित नगर प्रमुख न्यौपानेले सम्मान गरेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ