सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: आइतवार, ०४ : ४३ बजे चैत्र ६ गते



थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ चैत।नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको २ हजार ७ सय ९८ पिसिआर परिक्षणका क्रममा २८ जना र १ हजार २ सय ६३ एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना पुष्टि भएको छ । आइतबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय ८३ संक्रमित कोरोना मुक्त भएका छन् ।

 

हाल नेपालमा ३ हजार २ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।