सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप ५१ जनामा कारोना संक्रमण पुष्टि

प्रकाशित समय: शुक्रवार, ०४ : २९ बजे चैत्र ४ गते



थप ५१ जनामा कारोना संक्रमण पुष्टि

काठमाडौं, ४ चैत।नेपालमा थप ५१ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको २ हजार ५ सय ९२ पिसिआर परिक्षणका क्रममा १२ जना र ३ हजार ३ सय २२ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण भएको हो । त्यस्तै शुक्रबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय ९२ संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६२ हजार १ सय ७३ जना निको भएका छन् ।

 

हाल नेपालमा ३ हजार ९ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।