सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, २१३ जना निको

प्रकाशित समय: बुधवार, ०५ : ०५ बजे चैत्र २ गते



थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, २१३ जना निको

काठमाडौं, २ चैत।नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ४ हजार ७ सय ९० पिसिआर परिक्षणका क्रममा ४१ जना र १ हजार ३ सय ८५ एन्टीजेन परिक्षणका क्रममा ४१ जनामा नै कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय १३ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ५ सय ६१ जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा ४ हजार ५ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।