काठमाडौं, ३ चैत।आगामी शुक्रबारदेखि हलहरूमा लाग्न लागेको नेपाली सिनेमा ‘चिसो एष्ट्रे’लाई सेलिब्रेटीहरूले निकै राम्रो प्रतिक्रिया दिएका छन् । मंगलबार साँझ सिभिल मलको क्युएफएक्स सिनेमामा भएको प्रिमियरमा सेलिब्रेटीहरूले फिल्मको कथा वाचन र दृश्यभाषा हलिउड स्तरको भएको प्रतिक्रिया दिएका छन् ।
प्रिमियरमा उपस्थिति वरिष्ठ कलाकार सन्तोष पन्तले सिनेमा हेरिरहँदा नेपाली नभइ हलिउड फिल्म हेरिरहेको भान भएको प्रतिक्रिया दिए । उनले युवा पुस्तालाई केन्द्रमा राखेर बनाएको फिल्म क्वाँटी जस्तै सबै कुराको मात्रा मिलेको र असाध्यै राम्रो लागेको बताए ।
निर्देशक प्रदीप भट्टराईले पनि सन्तोष पन्तको झैं फिल्मलाई हलिउडस्तरको मानेको प्रतिक्रिया दिए । ‘सिधा भाषामा भन्दा यो हलिउड स्टाइलको सिनेमा हो । लुटपछि यसको शैली ब्रेक गर्ने जुन फिल्मको हामी खोजी गरिरहेका थियौं त्यो यही सिनेमा हो,’ उनले थपे, ‘सिनेमाको दृश्य भाषामा यो ठूलो फड्को हो ।’
निर्देशक निश्चल बस्नेतले सिनेमाका निर्देशक दिन्स पाल्पालीको प्रशंसा गर्दै फिल्मको सोचाइ र सोचाइलाई पर्दामा उतार्न निर्देशकले गरेको मेहनत प्रशंसनीय रहेको धारणा राखे । उनले पनि फिल्मको अभिनयदेखि कस्ट्युमको छनौटसम्मको तारिफ गर्दै दृश्य भाषामा भने फिल्म निकै नै अब्बल रहेको बताए ।
अभिनेता राजेश हमालले अब्स्ट्रयाक्ट सिनेमा आफ्नो रोजाइमा रहने गरेको बताउँदै फिल्मले काठमाडौँ खोल्डोलाई दृश्यको माध्यमबाट हेरेको बताए ।‘पहिलो कुरा त यो मेरो स्वादमा पर्यो । ग्रिपिङ छ । कलाकारको काम एकदमै राम्रो छ । मलाई मन पर्यो ।’ अभिनेता खगेन्द्र लामिछानेले पनि आफूले हेर्ने र गर्नेभन्दा फिल्म पृथक रहेको बताए ।
प्रिमियरमा उपस्थित अधिकांशले फिल्म कथा वाचन गर्ने शैली, कलाकारको अभिनय र छायांकनको प्रशंसा गरेका थिए ।सेलिब्रेटीको प्रतिक्रियाले सन्तुष्ट देखिएका फिल्मका निर्माता महेशबाबु तिमिल्सिनाले धेरै वर्षको मेहनत सार्थक भएको महसुस गरिरहेको बताए ।
कवि भूपी शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षकको कविताको भावलाई कथानक स्वरुप दिई निर्माण गरेको सिनेमा दिन्स पाल्पालीको निर्देशन छ । फिल्ममा दिव्य देव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल र रवीन तामाङको मुख्य भूमिका रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ