सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

पीएनजीले टस जित्यो, नेपाल बलिङमा

प्रकाशित समय: बुधवार, ११ : ३७ बजे चैत्र २ गते



पीएनजीले टस जित्यो, नेपाल बलिङमा

काठमाडौं, २ चैत।आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेको छ ।

 

संयुक्त अरब इमिरेट्स (यूएई)को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्नेछ । पीएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।नेपाल पीएनजीलाई हराउँदै शृंखलामा सुखद् सुरूवात गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ ।

 

नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ ।नेपालले यसअघि पीएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा पारेको छ ।शृंखलाअघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार व्यहाेरेकाे छ ।

 

लिग-२ मा नेपालले आठ खेलमा आठ अंक जोडेर छैटौं स्थानमा छ । अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा छ ।