सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप ८३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: मगलवार, ०६ : १३ बजे चैत्र १ गते



थप ८३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १ चैत।नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ४ हजार ७ सय ३४ पिसिआर परिक्षणका क्रममा ५७ जना र ३ हजार १ सय ५० एन्टीजेन परिक्षणका क्रममा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै थप १ सय ३० संक्रमित निको हँुदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ३ सय ४८ जना निको भएका छन् ।

 

हाल नेपालमा ४ हजार ७ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।