काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा गठबन्धन मिलेरै चुनावमा जाने संकेत गरेका छन् । कांग्रेसले फागुन २९ गतेदेखि एक महिनासम्म सञ्चालन गर्ने ‘घर–घर जाउँ, कांग्रेस जिताउ’ अभियानमा खटिएका केन्द्रीय सदस्यलाई निर्देशन दिन आयोजित कार्यक्रममा उक्त संकेत गरेका हुन् ।
मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित उक्त कार्यक्रममा नेता र केन्द्रीय सदस्यहरुसँग गठबन्धनलाई असर नपर्ने गरी गतिविधि गर्न सभापति देउवाले आग्रह गरेसँगै यस्तो संकेत मिलेको हो । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले कार्यक्रममा पार्टीले सञ्चालन गर्ने अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गर्दै भने, ‘चुनावी प्रचारमा गठबन्धनको विरोध नगरी कांग्रेसको पक्षमा माहोल बनाउनु होला ।’
कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म ७७ वटै जिल्लामा ‘घर–घर जाउँ, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्ने माघ २७ गतेकाे केन्द्रीय समितिको बैठकले निर्णय गरेको थियाे । उक्त अभियानमा खटेका केन्द्रीय सदस्यहरुलाई निर्देशन दिन आज मंगलबार शीर्ष नेताहरु केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा यज्ञराज जोशी, नानु बाँस्तोला, रमा पौडेल, सरिता प्रसाईं, गोविन्द भट्टराईलगायतले गाउँ गाउँ जाऊ, कांग्रेस जिताऔं अभियानमा पार्टीले गर्नुपर्ने कामका बारेमा धारणा राखेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ