काठमाडौं, २३ फागुन।नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।
नेपालले थाइल्यान्डसँग २४ मार्चमा खेल्ने छ । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने छ । खेल २७ मार्चमा हुनेछ ।एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो । छनोटमा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन समूह ‘ए’ मा रहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ