सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

नेपालमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

प्रकाशित समय: आइतवार, ०५ : ०४ बजे फाल्गुन २२ गते



नेपालमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं, २२ फागुन।नेपालमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ३ हजार १ सय ३५ पिसिआर परिक्षणका क्रममा ५४ जना र १ हजार ७ सय ९४ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । त्यस्तै थप ५ सय ३८ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ४ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।