सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

बन्ला त प्रदेश राजधानी काभ्रे ? प्रदेश राजधानीका लागि संसदीय टोली काभ्रेमा

प्रकाशित समय: बुधवार, ०६ : ५१ बजे जेठ ३० गते



बन्ला त प्रदेश राजधानी काभ्रे ? प्रदेश राजधानीका लागि संसदीय टोली काभ्रेमा

काभ्रे । प्रदेश ३ को अस्थायी राजधानी हेटौडा अपायक भएको भनी सबै तिरबाट काभ्रे सार्न दवाव भएको बेला संसदीय समितिले जिल्लामा सम्भाव्यता अध्ययन गरेको छ ।

 

संसदीय समितिका संयोजक दीपक निरौला नेतृत्वको टोलीले सम्भाव्यता अध्ययन गरेको छ । जिल्लामा राजधानी राख्न उपयुक्त भनिएको सूचना प्रविधि पार्क, तथा भूमि ब्यवस्थापन केन्द्र, शैक्षिक तालिम केन्द्र खाली रहेका सरकारी कार्यालयहरुका भवन र त्यसले चर्चेको जमिनहरुको अवलोकन अनुगमन गरेको हो ।

 

टोलीले स्थलगत अध्ययन पछि जिल्लाका सरोकारवालाहरु सँग अन्र्तक्रिया गरेको थियो । टोलीका संयोजक निरौलाले स्थायी राजधानीका लागि संसदमा दर्ता भएका निवेदनका आधारमा सबै जिल्लाहरुको अवलोकन गरिने बताए ।

 

उनले भने, ‘सबै जिल्लाको अनुगमन सकेर असार ११ भित्रै प्रदेश सरकारमा प्रतिवेदन बुझाउने छौ ।’ कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीले प्रस्तावित राजधानीका लागि आवश्यक पर्ने सबैजसो पूर्वाधारबाट सम्पन्न रहेको बताए । जमिन, भौतिक पूर्वाधार, यातायात, शिक्षा, स्वास्थ्य, सुरक्षा लगायतले काभ्रे उपयुक्त रहेको उनको दावी थियो ।

 

जिल्लामा प्रस्ताव गरिएको आईटी पार्कमा १४ परिवारलाई आवास सहित दुईवटा मुख्य भवन, ५ सय रोपनी जमिन रहेको छ । उक्त क्षेत्रमा स्थायी रुपमा प्रदेश तहको राजधानी बनाउने गरी संरचना निर्माण गर्न सकिने छ ।

 

त्यस्तै प्रदेश प्रमुखको कार्यकक्ष, कार्यालय, मुख्य मन्त्रीको कार्यालय, कार्यकक्ष, मन्त्रालयहरु र मन्त्री क्वाटर तथा संसदीय समितिहरुको बैठकका लागि आवश्यक पर्ने पुर्वाधारहरु काभ्रेपलाञ्चोक जिल्लामा रहेका सबै कार्यालयहरुले धान्न सक्ने अवस्थामा रहेको केसीले बताए ।

 

नेपाल नगरपालिका संघका केन्द्रीय अध्यक्ष अशोक कुमार व्याञ्जूले सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, उपत्यकाका तीन जिल्लाको जनसंख्या ७५ प्रतिशत रहेकोले काभे्र स्थानीय राजधानीका लागि उपयुतm रहेको तर्क गरे ।

 

सोहि क्रममा जिल्लाको समग्र बस्तुस्थितीका बारेमा तयार गरेको बृत्तचित्र प्रदर्शनी गरिएको थियो ।