ललितपुर,महांकाल गाँउपालिका वडा नम्बर ५ र ६ जोड्ने चन्दनपुर ठूलादुलुङ सडक वर्षातको समयमा पटकपटक बन्द हुने गरेको छ।
करिब २७ किलोमिटर रहेको कच्ची सडकमा बर्षातको समयमा कहिले माथिबाट त कहिले तलबाट पहिलो पहिरो झर्ने गर्छ।
सानातिना पहिरो बस, मिनीटाटामा यात्रा गर्ने यात्रु र स्थानीयले नै सफा गरेर यात्रा तय गर्छन् तर ठूला पहिरो झरेपछि भने स्थानीयले निकै सास्ती झेल्नु पर्ने हुन्छ। पहिलो कारण उपत्यकामा आउने यात्रुले चन्दनपुर बजारसम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको सवारीचालक राम बहादुर लामा बताउनुहुन्छ।
काभ्रे, मकवानपुर जिल्ला लगायतका स्थानीयले समेत प्रयोग गर्ने यो सडक पहिरोका कारण अवरुद्ध भएपछि नजिकै रहेको उपत्यका आउन तीन चार दिनसम्म लाग्ने गर्छ।
'जेष्ठ महिनामा मात्र २० पटकभन्दा बढी पहिरो खसेर सडक अबरुद्ध भयो।' सानातिना पहिरो यात्री, सवारी चालक र स्थानीय मिलेर पन्छाउने गरेको तर ठूलो चट्टान झरेपछि भने डोजर चलाउन बाध्य हुनुपरेको महांकाल वडा नम्बर ६ का वडाध्यक्ष रामकृष्ण आचार्य बताउनुहुन्छ।
भौगोलिक हिसाबले भिरालो जमिन भएका कारण वर्षात हुनेबित्तिकै पहिरो खस्ने गरेको महांकाल ५ का वडा अध्यक्ष खोमप्रसाद दाहाल बताउनुहुन्छ।
यस सडकको ससिपा मोड देखि ठूलो गैरा, सालघारि, गुम्राङ लगायतका स्थानमा पहिरोको बढी जोखिम रहेको छ।
क्षेत्र जिल्लाको टुक्रे बजेटले बेलाबेलामा सडक मर्मत हुने गरेको भएपनि वर्षा सुरु हुनेबित्तिकै सडक बगाउन र पहिरोले पुर्न सुरु हुन्छ।
स्थानीय सरकार बनेपनि यो सडक मर्मत र पक्की सडक निर्माण गर्न गाउँपालिका सँग पर्याप्त बजेट नहुँदा केन्द्रीय सरकारको मुख ताक्नु को विकल्प छैन।
त्यसो त यो सडक पुनःनिर्माण गर्न पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाको पहलमा माननीय मन्त्रिस्तरको निर्णयबाट ७३ करोड बजेट छुट्याइएको थियो तर अहिलेको सरकारले राजनैतिक प्रतिसोधका कारण बजेटमा नपारेको राणाले बताउनुभयो।
यो सडक दुईवटा वडालाई जोड्ने मात्र नभई दक्षिण ललितपुरको मेरुदण्ड भएका कारण फराकिलो र पक्की सडक निर्माण गर्न पार्टीगत स्वार्थभन्दा माथि उठेर अघि बढ्नुको विकल्प नरहेको स्थानीय बताउँछन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ