सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

प्रकाशित समय: बुधवार, ०५ : ०२ बजे फाल्गुन १८ गते



थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, १७ फागुन।नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ४ हजार ६ सय ७२ पिसिआर परिक्षणका क्रममा १ सयय २३ जना र २ हजार २ सय २ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय २१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार ४ सय ८८ जना निको भएका छन् ।

 

हाल नेपालमा ७ हजार ७ सय ७० संक्रमित आइशोलेशन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।