सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप १५८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

प्रकाशित समय: मगलवार, ०४ : ४१ बजे फाल्गुन १७ गते



थप १५८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं, १७ फागुन।नेपालमा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ४ हजार ४ सय ५८ पिसिआर परिक्षणका क्रममा ९२ जना र २ हजार ४६ एन्टीजेन परिक्षणका क्रममा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३८ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय ५४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार १सय ६७ जना निको भएका छन् ।

 

हाल नेपालमा ७ हजार ९ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।