सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप १८० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

प्रकाशित समय: सोमवार, ०४ : ४५ बजे फाल्गुन १६ गते



थप १८० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, १६ फागुन।नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ५ हजार २ सय १८ पिसिआर परिक्षणका क्रममा १ सय १९ जना र ३ हजार १ सय २३ एन्टीजेन परिक्षणका क्रममा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप चार सय संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५६ हजार ४ सय १३ जना निको भएका छन् ।

 

हाल नेपालमा ८ हजार २ सय ३५ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।