सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

पार्वतीलाई ९ थान ल्यापटप

प्रकाशित समय: शुक्रवार, ०६ : ५९ बजे जेठ २५ गते



पार्वतीलाई ९ थान ल्यापटप

बेथानचोक । गत वर्ष नेपाल सरकारबाट नमूना विद्यालयको रुपमा पुरस्कृत भएको पार्वती मा.वि बेथानचोकलाई रोमानियाका लाइफ भोलेन्टियरहरुले विभिन्न सामग्री प्रदान गरेका छन् ।

 

विद्यालयमा एक कार्यक्रम गरि उनीहरुले विद्यालयका लागि ९ थान आधुनिक प्रविधिका ल्यापटप कम्प्युटर विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

 

कार्यक्रममा उनीहरुले विद्यार्थीहरुका लागि स्टेसनरी वितरण गरेका थिए । ५ दिन सम्म विद्यालयमै भोलन्टियर सेवा प्रदान गर्दै प्राथमिक तहका कक्षाकोठालाई रङ्ग्याउने कार्य गरिरहेका विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले बताए ।

 

साथै उनीहरुले ५ दिन सम्म विद्यार्थीहरुका लागि विज्ञान भूगोल,कला मनोविज्ञान, कम्प्युटर साइन्स,खेलकुद लगायतका विषयमा कक्षा संचालन गर्ने शर्माले जानकारी दिए ।