सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

टी–ट्वान्टी विश्वकप छनोटमा तेस्रो भएको नेपाली टीम आज स्वदेश फर्कदै

प्रकाशित समय: शुक्रवार, ०९ : ३७ बजे फाल्गुन १३ गते



टी–ट्वान्टी विश्वकप छनोटमा तेस्रो भएको नेपाली टीम आज स्वदेश फर्कदै

काठमाडौं, १३ फागुन।आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ए मा तेस्रो भएकोे नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदै छ ।

 

नेपाली टोली आज साँझ साढे ५ बजे नेपाल आईपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । हिजो तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो । तर, सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपालको अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप खेल्ने सपना सकिएको थियो ।