सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

ओमानले नेपाललाई दियो ८८ रनको सामान्य लक्ष्य

प्रकाशित समय: बिहिवार, ०५ : ३० बजे फाल्गुन १२ गते



ओमानले नेपाललाई दियो ८८ रनको सामान्य लक्ष्य

काठमाडौं, १२ फागुन।आईसीसी विश्वकपको ग्लोबल छनोटको तेस्रो स्थानका लागि भएको खेलमा ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।

 

ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रनको योगफल तयार पार्‍याे ।ओमानका लागि कप्तान जिसान मक्सुदले सर्वाधिक २१ रन बनाएर । आयन खान १६ रन र नासिम खुसी १५ रन जोडेर पभेलियन फकिँदानेपालका कप्तान सन्दीप लामिछानेले चार ओभरमा १३ रन खचिँदै सर्वाधिक तीन विकेट लिए । कमल ऐरी, आरिफ शेख, अविनास बोहरा, सागर ढकालले समान एक विकेट लिए ।

 

छनोटअन्तर्गत सेमिफाइनलमा पराजित भएपछि दुबै टोलीको अस्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको थियो । त्यसअघि नेपाल समूह ‘बी’ को विजेता र ओमान उपविजेताको रुपमा सेमिफाइलनमा स्थान बनाएका थिए ।

 

सेमिफाइनलमा जित निकालेसँगै यूएई र आयरल्यान्ड विश्वकपका लागि छनोट भएका छन् । यी दुईले आजै उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।