काठमाडौं, ११ फागुन ।सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा ९० रनको विजयी लक्ष्य पाएको एपीएफले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्याे । एपीएफकी रोमा थापाले सर्वाधिक २३ रन बनाइन् । रोमाले २९ बलमा तीन चौका प्रहार गरिन् । यस्तै ममता चौधरीले १४, ओपनर ज्योति पाण्डेले ११ र इन्दु बर्माले १० रन बनाइन् ।
सुदूरपश्चिमकी ईश्वरी विष्टले दुई र रितु कनौजियाले एक विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो । सुदूरपश्चिमकी कविता कुँवरले सर्वाधिक १८ रन जोडिन् । यस्तै, बिन्दु थापा र डोल्ली भट्टले समान ११ रन बनाए ।
एपीएफकी सोनु खड्काले तीन विकेट लिइन् । यसबाहेक सीता रानामगर र करुणा भण्डारीले समान दुई विकेट लिँदा राजमती ऐरीले एक विकेट लिइन् । जितसँगै समूहमा एपीएफ दुई खेलबाट चार अंक बनाउँदै शीर्षस्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रहँदा प्रदेश १ र लुुम्बिनी प्रदेशले एक खेलबाट बिना अंक रहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ