काठमाडौं, १० फागुन।आइसीसी विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ६८ रनले पराजित भएसँगै दोस्रो पटक टी–२० विश्वकप पुग्ने नेपालको लक्ष्य अधुरै रहेको छ ।
मंगलबार मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८। ओभर ४ बलमा १०७ रनमै सीमित बन्यो ।नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । उनले ३८ बलमा तीन चौका प्रहार गरे । यस्तै, ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।नेपालले दोस्रो इनिङको चौथो बलमै ओपनर आसिफ शेखलाई पहिलो विकेटको रूपमा गुमाएको थियो । त्यसको अर्को बलमा नेपालले दोस्रो विकेटको रूपमा लोके बललाई गुमायो । लोके ‘गोल्डेन डक आउट’ भए । स्कोरबोर्डमा १४ रन हुँदा नेपालले तेस्रो विकेटको रूपमा कुशल भुर्तेललाई गुमायो ।
नेपाललाई सस्तोमै समेट्न युएईका अहमेद राजाले सर्वाधिक पाँच विकेट लिए । चार ओभर बलिङ गरेका राजाले मात्र १९ रन खर्चिए ।यसबाहेक, जुनैद सिद्धिकले तीन विकेट लिँदा जहुर खान र रोहन मुस्तफाले समान एक विकेट हात पारे ।यसअघि टस जितेर ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रनको योगफल खडा गरेको थियो ।
युएईका ओपनर मुहम्मद वसिमले सर्वाधिक ७० रन बनाए । उनले ४८ बलमा समान चार चौका र छक्का प्रहार गरे । यस्तै, भ्रित्या अरविन्दले ४६, मुहम्मद वसिमले १७ र जवर फरिदले ११ रन जोडे ।नेपालका अविनास बोहरा र जितेन्द्र मुखियाले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेका अविनासले ४६ रन खर्चिदा मुखियाले तीन ओभरमा ३५ रन खर्चिए । यसबाहेक, कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे ।
पराजयसँगै अक्टोबरमा अस्ट्रेलियामा हुने विश्वकप सम्भावना समाप्त भएको छ । नेपालले हालसम्म एक पटक मात्र ट्वान्टी २० विश्वकप खेलेको छ । सन् २०१४ मा भएको ट्वान्टी २० विश्वकपमा नेपाल छनोट भएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ