सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

यूएईविरुद्ध टस हारेर नेपाल फिल्डिङमा

प्रकाशित समय: मगलवार, ०४ : ३४ बजे फाल्गुन १० गते



यूएईविरुद्ध टस हारेर नेपाल फिल्डिङमा

काठमाडौं, १० फागुन।आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस हारेपछि नेपालले फिल्डिङ गर्ने भएको छ ।

 

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा यूएईका कप्तान अहमेद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।आजको खेल जिते नेपाल दोस्रो पटक टी-२० क्रिकेटको विश्वकपमा स्थान बनाउने छ । यसअघि नेपाल र यूएईबीच चारचाेटि भेट भएकामा दुवैले दुई दुई जित हात पारेका छन् ।